३० कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डले देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन्ः ईश्वर पोखरेल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १८ जेठ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गलत सहमति गर्नसक्ने बताउँदै त्यसको लागि खवरदारी गर्नुपर्ने बताएका छन् ।

एमाले जिल्ला कमिटी सिरहाले गोलबजारमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरित सम्झौता गरे पार्टी चुप लागेर नबस्ने बताएका हुन् ।

उनले आफ्नो पार्टी सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरित हुने कुनैपनि सहमति सम्झौता मान्य नहुने बताए । नेता पोखरेलले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी बृहत र व्यवस्थित पार्टी बनाउन कार्यकर्ताहरुलाई आव्हान गरे ।

जनता समावादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंह सहित विभिन्न पार्टी परित्याग गरी सयौँको संख्यामा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार जिल्लाकै सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य सागरदेवी चौधरी, पार्टीका नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादवलगात जिल्ला स्तरका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा नेता पोखरेलले पार्टीका नेता कार्यकर्ताले केही समयको लागि बाटो विराए पनि अहिले सही ठाउँमा आएको बताए । उनले सवैको भविष्य यहि पार्टीमा भएकाले बाटो विराएकाहरुलाई मूलघरमै पुनः स्वागत रहेको बताए ।

कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठ, जिल्लामा एमालेबाट निर्वाचित नगरपालिकाका मेयर तथा अध्यक्षहरु र पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।