३० कार्तिक २०८३, सोमबार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै हेटौंडामा पुत्ला दहन (भिडिओ)

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १७ जेठ । बागमती प्रदेशको राजधानी हेटौंडामा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै पुत्दा दहन गरेको छ ।

अनेरास्ववियुले बुधबार साँझ हेटौंडाको मुख्य चोक बुद्धचोकमा विरोध प्रदर्शन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गर्दै पुत्दा दहन गरेको हो ।

उनीहरुले राष्ट्रपति पौडेलले विवादास्पद नागरिकता विधेयकलाई नयाँ जनादेश प्राप्त प्रतिनिधिसभामा छलफल नै नगराइ फिर्ता भइसकेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको बताएका छन् ।

भारतले नयाँ संसदमा नेपालको भू-भाग समेटेर नक्सा बनाउँदा समेत सरकार चुप लागेको र प्रधानमन्त्री प्रचण्ड भारत जानुअघि नागरिकता विधेयक प्रमाणीकरण गराएर भारतलाई खुसी पार्ने नाममा राष्ट्रघाती काम गरेकोले प्रदर्शन गरिएको अनेरास्ववियु मकवानपुरले जनाएको छ ।

राष्ट्रघाती नागरिकता प्रमाणीकरण खारेज गर्न र टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीको आममाफी फिर्ता गर्नु पर्ने उनीहरुको माग छ ।