३० कार्तिक २०८३, सोमबार

सांसदहरुलाई बालेनको प्रश्नः वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नुहुन्छ ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सांसदहरुलाई वडा अध्यक्षकै काम गर्न किन सांसद बनेको भन्दै प्रश्न गरेका छन् ।

आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोड दिइने निर्णयलाई लिएर मेयर शाहले सांसदहरुलाई व्यंग्य गर्दै उक्त प्रश्न गरेका हुन् ।

‘सांसद विकास कोष पाउनु भए सी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले फेसबुकमा व्यंग्य गर्दै भनेका छन, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्युहरु ?’