३० कार्तिक २०८३, सोमबार

कोशी प्रदेश सभा अवरुद्ध गर्न सक्रिय बनेका दुई दर्जन पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ जेठ । कोशी प्रदेशको बजेट अधिवेशनलाई अवरुद्ध गर्न खोज्ने दुई दर्जन प्रर्दशनकारी पक्राउ परेका छन् ।

विराटनगर स्थित प्रदेश सभा भवन परिसरबाट २३ जना प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।  प्रदेशको नामकरणबाट असन्तुष्ट पक्षले प्रदर्शन गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

.कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका विभिन्न पहिचान वादी पार्टी र संघ संस्थाले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । उनीहरूले शनिबार बाटै विराटनगरमा प्रदर्शन गर्दै आएका छन् ।

कोशी प्रदेशको बजेट अधिवेशन आज दिउँसो २ बजेबाट बस्दैछ ।  प्रदेशको नामकरणपछि पहिलो पटक प्रदेश सभाको बैठक आज बस्न लागेको हो ।

गत फागुन १७ गते प्रदेश सभाको बैठकले कोशी प्रदेश नामकरण गरेको थियो ।