३० कार्तिक २०८३, सोमबार

कोशी प्रदेश सभाको बजेट अधिवेशन आजबाट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ जेठ । कोशी प्रदेशको बजेट अधिवेशन आज आइतबारबाट सुरु हुँदै छ ।

विराटनगर स्थित प्रदेश सभा भवनमा दिउँसो २ बजे बस्ने बजेट अधिवेशनको बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेशको नामकरणपछि पहिलो पटक प्रदेश सभाको बैठक आज बस्न लागेको छ ।

गत फागुन १७ गते प्रदेश सभाको बैठकले कोशी प्रदेश नामकरण गरेको थियो ।  प्रदेशको नामकरणबाट असन्तुष्ट पक्षले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिबारदेखि विराटनगर स्थित प्रदेश सभा भवन लगाएत बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ ।