३० कार्तिक २०८३, सोमबार

विद्यालय गएका बालक मृत फेला

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १४ जेठ । धादिङमा एक बालक मृत अवस्थामा भेटिएका छन् ।

गजुरी गाउँपालिका-८ का नवराज तामाङका ११ वर्षीय छोरा सन्दीप तामाङ मृत फेला परेका हुन् । शुकबार विद्यालय गएका सन्दीप घर नफर्केपछि आफन्तले खोज्ने क्रममा शनिबार दिउँसो मृत फेला परेको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार सन्दीप घर नजिकै सल्लेघट्टे खोलाको खोचमा मृत अवस्थामा फेला परेका हुन् । शवलाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।