३० कार्तिक २०८३, सोमबार

संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । संघीय संसद्को संयुक्त बैठक आज आइतबार बस्ने भएको छ ।

संघीय संसद् भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा “संघीय संसदको संयुक्त बठैक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुव बहादुर प्रधानले “संघीय संसदको संयुक्त बठैक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदन माथिको संशोधन सहितको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्नेछ । बैठकमा अर्थ मन्त्री डा प्रकाश शरण महतले “आ.व. २०७९/०८० को आर्थिक सर्वेक्षण” पेश गर्ने कार्यसूची रहेको छ ।