शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सरकारको नीति तथा कार्यक्रम पारित

दैनिक नेपाल २०८० जेठ १३ गते २१:३८

काठमाडौं, १३ जेठ । सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

शनिबार राति बसेको प्रतिनिधि सभा बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम पारित भएसँगै आजको संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने जानकारी गराएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित