शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रेस सेन्टरको साधारणसभाकै दिन ललितपुर शाखाका पदाधिकारीले दिए सामूहिक राजीनामा

दैनिक नेपाल २०८० जेठ १३ गते २०:१५

काठमाडौं, १३ जेठ । प्रेस सेन्टर नेपालको जारी १९औँ केन्द्रीय साधारणसभामा ललितपुर शाखाका पदाधिकारी सहित ८ जनाले राजीनामा दिएका छन् ।

एक विज्ञप्ति जारी गर्दै प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्की, उपाध्यक्ष गोपाल आले, सचिव दीपक अर्याल, सहसचिवद्वय अनिल पन्त, नारायणलिंखा देवान र कोषाध्यक्ष कृष्ण पौडेल, महानगरका सचिव राजु नेपाल र उपत्यका समितिका सदस्य राममणि घिमिरेले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

उनीहरुले केन्द्रीय नेतृत्वबाट जिल्लाको कार्य र प्रतिष्ठामा कमी ल्याई आत्मसम्मानमा ठेस पुर्‍याउने काम भएकाले जिम्मेवारीमा नरहने जनाएका छन् । उनीहरुले साधारण सदस्यको रुपमा मात्र रहने समेत विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित