
काठमाडौं, १३ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको रिहाइ हुनु पर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूको रिहाइ हुनुपर्ने बताएका हुन् ।
भट्टराईले नागरिकता विद्येयक पनि प्रमाणीकरण हुनु पर्नेमा जोड दिएका छन् ।
ट्वीटरमा लेख्दै भट्टराईले भनेका छन्ः
रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान/कानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु नगरौं।लोकतन्त्र भनेको प्रक्रिया संगसंगै मुख्यतःजनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं।











प्रतिक्रिया