बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बागमती प्रदेश खेलकुदः पुरुष फुटबलमा स्वर्ण पदकका लागि मकवानपुर र काठमाडौं भिड्दै

दैनिक नेपाल २०८० जेठ १३ गते ७:५९

हेटौंडा, १३ जेठ । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि आज घरेलु टोली मकवानपुर र काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ । हेटौंडा उपमहानगर–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेल साँझ ४ बजे सुरु हुनेछ ।

बिहीबार पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । सोही दिन भएको दोस्रो सेमिफाइनलमा मकवानपुरले काभ्रेपलाञ्चोकलाई ३–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

यसअघि बिहीबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको महिला फुटबलतर्फको स्वर्ण काठमाडौंले जितिसकेको छ ।

काठमाडौंले सिन्धुलीलाई २–० गोल अन्तरले पराजित गर्दै स्वर्ण जितेको थियो ।

गत जेठ ७ गतेबाट सुरु भएको प्रदेश खेलकुद प्रतियोगिता आज शनिबार साँझ समापन हुने आयोजक प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित