३० कार्तिक २०८३, सोमबार

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १३ जेठ । कोशी प्रदेशको राजधानी विराटनगरमा आज शनिबार बिहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेशको नामकरणबाट असन्तुष्ट पक्षले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिबारदेखि विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हो ।

आज बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कोशी प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवत जावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।