शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

७७ पदकसहित काठमाडौं शीर्ष स्थानमा उक्लियो, कुन जिल्लाले कति पदक जिते ?

दैनिक नेपाल २०८० जेठ १२ गते १०:०३

हेटौंडा, १२ जेठ । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो प्रदेश खेलकुद प्रतियोगितामा काठमाडौं जिल्ला ७७ पदक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबारसम्म काठमाडौं ३१ स्वर्ण, २१ रजत र २५ कास्य गरी कूल ७७ पदक सहित शीर्ष स्थानमा उक्लिएको हो ।

यसअघि बुधबारसम्म चितवन जिल्ला २१ स्वर्ण, १८ रजत र १८ कास्य गरी ५७ पदक सहित शीर्ष स्थानमा रहेको थियो ।

शुक्रबार चितवन २२ स्वर्ण, २४ रजत र २६ कास्य गरी कूल ७२ पदक सहित दोस्रो स्थानमा रहेको छ भने १९ स्वर्ण, २५ रजत र २७ कास्य गरी कूल ७१ पदकसहित ललितपुर तेस्रो स्थानमा रहेको छ ।

शनिबारसम्म जारी रहने प्रतियोगितामा धादिङ र रसुवाले अहिलेसम्म कुनै स्वर्णपदक जित्न सकेको छैन् ।

धादिङले हालसम्म ६ रजत र १४ कास्य पदक जित्दा रसुवाले २ रजत र ५ कास्य पदक मात्र जितेको आयोजक बागमती प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित