
काठमाडौं, १२ जेठ । एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा आज नेपाल र काजकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।
आजको खेलमा काजकिस्तानलाई हराए नेपाल फाइनल पुग्नेछ ।
नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने काजकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
यसैगरी, आजै दिउँसो भारत र उज्वेकिस्तानबीचको सेमिफाइनल खेल हुँदैछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
दुवै सेमिफाइनलका विजेता टोलीबीच आइतबार फाइनल खेल हुनेछ ।















प्रतिक्रिया