१ मंसिर २०८३, मंगलबार

भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई बचाउने अपराध गरे इतिहासले माफी दिने छैन्: भीम रावल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेकपा (एमाले)का नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूलाई जोगाउन खोजे इतिहासले माफी नदिने बताएका छन् ।

शरणार्थी बनाउने अपराधमा संलग्नहरुलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार आएको उनको भनाइ छ ।

मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै रावलले भनेका छन्ः

नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरुलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ। राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी,शहीदको रगतको अपमान,संविधान,कानून र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ। इतिहासले माफि दिने छैन।