
काठमाडौं, २९ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वाभाविक र संविधानको भावनाविपरीत रहेको बताएका छन् ।
अध्यक्ष थापाले सो विधेयक निष्क्रिय भइसकेको र आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वाभाविक एवम् संविधानको भावनाविपरीत छ । सो विधेयक निस्क्रिय भइसकेको छ । आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्छ,’ अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखका छन् ।














प्रतिक्रिया