
पोखरा, २९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
पाण्डेले आज कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा तथा माओवादीबाट रेशबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरी सपथ गराउने तयारी गरेका छन् ।
मन्त्री बन्ने अर्का एक जनाको नाम भने सार्वजनिक गरिएको छै । आज मन्त्री बन्नेमध्ये माओवादीका शेरबहादुर जुग्जाली नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका व्यक्ति हुन् ।
नवनियुक्त मन्त्रीहरूको सपथ आज अपराह्न ४ बजेका लागि तय गरिएको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले महेन्द्रध्वज जिसीलाई अर्थमन्त्रालय र दीपेन्द्रबहादुर थापालाई ऊर्जा जलस्रोत मन्त्रीमा नियुक्त गरेका हुन् । यस्तै माओवादीका रेशमबहादुर जुग्जालीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसअघि बिनाविभागीय मन्त्री भएकी सुशीला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी तोकिएको छ भने कांग्रेसबाट बिनाविभागीय मन्त्री भएकी सरस्वती अर्याल तिवारीलाई कृषि मन्त्रालय जिम्मेवारी तोकिएको छ ।













प्रतिक्रिया