
काठमाडौं, २९ वैशाख । बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै कृषि विज्ञका रुपमा परिचित शुभद्रा मदन फाउण्डेशनका संस्थापक मदन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
फाउण्डेशनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै उनललाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो ।
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
७५ वर्षीय राइले बालिका र किशोरीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको बताइएको छ ।
राई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध थिए । राईलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कृषि विज्ञका रुपमा चिनाउँदै आएको थियो ।













प्रतिक्रिया