२९ आश्विन २०८३, बिहिबार

बालकृष्ण खाँणको मोबाइल प्रयोगशाला पठाइयो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो मोबाइल फर्म्याट गरेको तथ्य खुलेको छ ।

अनुसन्धानको क्रममा खाँणको मोबाइल फर्म्याट भएको पाइएको हो ।

डेटा रिकभरका लागि प्रहरीले खाणको मोबाइल प्रयोगशालामा पठाएको छ । प्रहरीले बुधबार खाँण पक्राउ परेसँगै बरामद गरेको मोबाइलको डेटा अनुसन्धान थालेको थियो । तर, डेटा मिसिङ भएको भेटिएपछि रिकभर गर्ने निष्कर्षमा पुगेको प्रहरीले बताएको छ ।

वैशाख २० गते पक्राउ परेका गृह मन्त्रालयका तात्कालीन सचिव टेकनारायण पाण्डेले तथ्य खुल्ने डरले मोबाइल ‘फर्म्याट’ गराएका थिए । पछि प्रहरीले उनको मोबाइलको ‘डेटा रिकभर’ गरेपछि शरणार्थी प्रकरणमा खाँणको संलग्नता रहेको तथ्य भेटिएको थियो ।

कारोबारका सन्दर्भमा खाँणले पठाएको एसएमएस पाण्डेको मोबाइलमा भेटिनु, तर सोही एसएमएस खाँणको मोबाइलमा नभेटिएपछि प्रहरीले मोबाइल डेटा रिकभर गर्ने प्रक्रिया अघि बढाएको हो ।

डेटा रिकभर भएलगत्तै अुसन्धानले नयाँ मोड लिने प्रहरीको आशा छ ।