२९ आश्विन २०८३, बिहिबार

भोजपुरमा १७ वर्षीया किशोरी बलात्कृत

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भोजपुर, २९ वैशाख । भोजपुरमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा आमचोक गाउँपालिका–४ सिपाक बस्ने २४ वर्षीय शुक्र बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।