२९ आश्विन २०८३, बिहिबार

दैलेखमा डढेलो : एक जनाको मृत्यु, चार जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्केत तस्वीरका लागि : सुर्खेतको वीरेन्द्रनगरको तल्लो क्षेत्रको जङ्गलमा लागेको भीषण आगलागी ।

दैलेख, २८ वैशाख । दैलेखको आठबीस नगरपालिका–६, माल्या बुडा पहाडा सामुदायिक वनमा लागेको डढेलोमा परी एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका चार जनालाई बाँकेमा उपचारका लागि ल्याइएको थियो । तर, अवस्था गम्भीर भएकाले थप उपचारका लागि बिहीबार दिउँसो नेपाली सेनाको स्काइ ट्रकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए ।

काठमाडौँ रिफर गरिएकामध्ये नवीन विक, नैनी विक, बसुन्धरा विक र जैकला विक छन् । हिजो बुधबार आगलागीमा परेका १० जनामध्ये आठ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइएको थियो । त्यसमध्ये भैरव विकको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

अहिले नेपालगञ्जमा तीन जना उपचार भइरहेको छ । भेरी अस्पतालमा एकजना र मेडिकल कलेजमा दुई जनाको उपचार भइरहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बाटोमा काम गरिरहेका १० जना दैैलेख जिल्लाको आठबिस–६ मा रहेको जङ्गलमा लागेको आगोमा परेका थिए ।