२९ आश्विन २०८३, बिहिबार

रेशम चौधरीको मुद्दा फिर्ता लिने सरकारको तयारी

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । सरकारले टीकपुर घटनामा दोषी ठहर भइ जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको मुद्दा फिर्ता लिने तयारी गरेको छ ।

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संशोधा गरेर उनलाई सफाइ दिने तयारी सरकारले गरेको हो ।

सोही योजना अनुसार सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद सचिवालयमा दर्ता गरेको छ । विधेयकमा रेशम चौधरीको मुद्दा फिर्ता लिन बाटो खोल्ने गरी बुँदा संशोधन गरिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार दर्ता गरेको विधेयकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ पछि दफा ११६ ‘क’ थप गरिएको छ । जसमा शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रावधान राखिएको छ ।

टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

उनी अहिले जेलमा छन् ।