२९ आश्विन २०८३, बिहिबार

विश्वासघातसम्बन्धी कसूरका फरार प्रतिवादीसहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । जबरजस्ती करणी, शरीर बन्धक, अपराधिक विश्वासघात (ठगी) सम्बन्धी कसूरका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–११ बस्ने ४१ वर्षीय सुमन नेपाली छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासी(पश्चिम)को समन्वयमा उनलाई नवलपरासी (पुश्चिम) गैडाकोट नगरपालिका–१ मौलाकालीका फेदीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीउपर जिल्ला अदालत तनहुँबाट १० दिन म्याद थप अनुमति लिई ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा पनि अर्का एक जलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–६ बस्ने ३५ वर्षीय नरेन्द्र केसी छन् ।

उनले सामाजिक सञ्जाल फेसवुकमार्फत पीडित महिलालाई ललाई फकाइ अश्लिल जन्य क्रियाकलाप गर्न वाध्य पारी सो को स्क्रिन रेकर्ड गरी पीडित महिलालाई पठाइ आफू अनुकूल फाइदा लिन दबाब दिएको प्रहरीको भनाइ छ ।

आफ्नो उद्देश्य पूरा नभएपश्चात् पीडितको आफन्त तथा साथीलाई म्यासेञ्जरमा अश्लील क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाई दु:ख हैरानी दिई चरित्र हत्या गर्ने कार्यमा केसीको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएपछि विद्युतीय कारोबार ऐन, २०६३ कसूरमा उनलाई साइबर व्यूरो भोटहिटीबाट खटिएको प्रहरीले प्रहरी वृत्त कीर्तिपुरको सहयोगमा उनलाई पक्राउ गरेको बताइएको छ ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।