
काठमाडौं, २६ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल र बाराको सिमरास्थित पाँचतारे होटेल इच्छाबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा हस्ताक्षरपछि बैंकका कार्डबाहकहरूले होटेल इच्छामा १०% सम्मको छुट पाउनेछन् । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनाका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले देशभर १८२ वटा शाखा, १३९ वटा एटीएम ३ वटा विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट सेवा प्रवाह गर्दै आएको छ ।













प्रतिक्रिया