२९ आश्विन २०८३, बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप दुई जना पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विचौलियाको भूमिका खेलेको आरोपमा रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो ।

थप दुई जनासहित शरणार्थी प्रकरणमा संलग्न भइ पक्राउ पर्नेको संख्या १० जना पुगेको छ ।

प्रहरीले यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।