
काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताए ।
प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताउँदै त्यसका लागि भ्रष्टाचार अन्त्य मुख्य प्राथमिकताको विषय बनेको बताए ।
उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबको पाँच वर्षमा आफूले एउटा रेकर्ड बनाउने विश्वास व्यक्त गरे ।














प्रतिक्रिया