
काठमाडौं, २५ वैशाख । ललितपुरको नख्खु–भैँसेपाटी सडक खण्ड समयमा नै निर्माण नभएको भन्दै स्थानीयहरूले सडक बन्द गरेका छन् ।
नख्खु–भैँसेपाटी सडक खण्ड नबनाएर लामो समयदेखि अलपत्र छाडेको भन्दै उनीहरूले सोमबार सडक बन्द गरिदिएका हुन् ।
स्थानीयहरूले सडक अवरुद्ध गरेपछि सवारी साधनहरू बैकल्पिक मार्ग हुँदै सञ्चालन भएका छन् । लामो समयदेखि सडक अलपत्र पार्दा धुवाँधुलो र हिलोले स्थानीय बिरामी पर्न थालेको र सो सडक हुँदै आवाजजावतमा समस्यमा भएकाले बाध्य भएर दबाब दिन सडक बन्द गर्नुपरेको उनीहरूको भनाइ छ ।

ललितपुर महानगरपालिका वडा नंवर १८ का वडाध्यक्ष दामोदर खड्काले लामो समयदेखि सडक नवनाउदा समस्या भोग्नुपरेको भन्दै बाध्य भएर सर्वसाधारहरू विरोधमा उत्रन बाध्य भएको बताए ।
पाँच किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी–बुङ्मती सडक निर्माणको काम विसं २०७३ देखि सुरू भएको थियो । सडकको चौडाईं २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने भन्दै भत्काइएको सडक पूर्णरूपमा निर्माण हुन सकेको छैन ।













प्रतिक्रिया