
काठमाडौं, २५ वैशाख । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ ।
पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बसेको हो ।
बैठकमा पार्टीको यही वैशाख २८ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने कार्ययोजनाका विषयमा छलफल भएको बताइएको छ ।
आज छलफल गरिएको कार्ययोजना भोलि बस्ने केन्द्रीय सचिवालयको बैठकमा प्रस्तुत गरिने छ भने केन्द्रीय सचिवालय बैठकमा छफफल गरी केन्द्रीय कमिटी बैठकमा एजेण्डाका रूपमा प्रस्तुत गरिने छ ।
बैठकमा महासचिवका साथै उपमहासचिवहरू र सचिवहरूको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया