२९ आश्विन २०८३, बिहिबार

शरणार्थी विवरण सङ्कलन र प्रमाणीकरणको निर्णय पूर्वगृहमन्त्री खाणले गरेका हुन् : शंकर पोखरेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाउने धन्दा राष्ट्रघाती भएको र यसमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

महासचिव पोखरेलले यो गम्भीर विषयको छानविन तथ्य र प्रमाणका आधारमा गर्नुपर्ने बताउँदै आशङ्काका आधारमा कोही पनि व्यक्तिको बदनाम गर्न भने नपाइने बताएका छन् ।

भुटानी शरणार्थीको छुटेको विवरण सङ्कलन गर्ने काम एमाले सरकारका समयमा नभएको स्पष्ट गर्दैै महासचिव पोखरेलले शरणार्थीको विवरण सङ्कलन गरी प्रमाणीकरण गर्ने निर्णय नेपाली कांग्रेस नेतृत्वको सरकारका समयमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकोे मन्त्रीस्तरीय निर्णयबाट भएको बताए ।

राष्ट्रिय युवा संघ, नेपालको प्रथम बैठकलाई सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले यो विषय नेकपा (एमाले) सरकारका समयमा अगाडि बढाइएको भनी भ्रमपूर्ण प्रचार गरिएकोमा आपत्ति प्रकट गरे ।

महासचिव पोखरेलले भने, ‘यो धन्दा नेपाली कांग्रेस नेतृत्वको सरकारका समयमा सुरु भएको हो । सूचि तयार गर्ने काम तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट भएको हो । भुटानी शरणार्थी पहिचान गर्ने नाममा मान्छे खोज्ने धन्दा गरियो ।’

उनले नेकपा एमालेको नेतृत्वको सरकारका समयमा बाँकी रहेका भुटानी शरणार्थीको व्यवस्थापनका लागि सुझाव दिन कार्यदल बनाउने काम भएको स्पष्ट गरे । महासचिवले भने, ‘त्यो भुटानी शरणार्थी प्रमाणीकरणको विषय थिएन ।’