२९ आश्विन २०८३, बिहिबार

‘क्लिनचिट’ माग गरेका ढाकाकुमारलाई के भन्यो सर्वोच्च अदालतले ?

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले ‘क्लिनचिट’ पाउन माग गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठको रिटमाथि सुनुवाइ गर्दै रास्वपालाई कारण देखाउ आदेश जारी गरेको हो ।

व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ डिल गरेको अडिओ गलत भएको र सर्वोच्च अदालतबाट ‘क्लिनचिट’ ल्याएर संसद फर्किने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

तर, रास्वपाको कारबाहीमा परेका ढाकाकुमारको सांसद पद भने रिक्त भइसकेको सूचना संसदमा सूचित भइसकेको छ ।

अन्तरिम आदेशबारे छलफलका लागि सर्वोच्चले दुबै पक्षलाई बोलाउने आदेश पनि दिएको छ । जसका कारण श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको कानुनी निष्कर्ष छ ।

सर्वोच्च अदालतको यो आदेशले श्रेष्ठको सट्टामा विन्दाबासिनी कंशाकारलाई सांसद बनाउने रास्वपाको तयारी तत्काललाई अघि नबढ्ने भएको छ ।