२९ आश्विन २०८३, बिहिबार

गोकुल बास्कोटाको प्रश्न– ‘प्रचण्डपथ’ अब ‘महतपथ’मा विलय भएको हो ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले माओवादीले समाजवाद छोडेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा बैठकमा भइरहेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलमा भाग लिदै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको वर्तमान सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समाजवाद छुट्नु संयोग हो कि प्रचण्डपथ महतपथमा विलय भएको हो भनेर प्रश्न गरेका हुन् ।

निजी क्षेत्रलाई प्रोत्साहित गरेको भए पनि तीन खम्बे अर्थनीसतिको महत्वपूर्ण खम्बा सहकारीको भूमिका र अहिले देखिएको समस्या समाधानबारे केही उल्लेख नभएको भन्दै उनले ‘प्रचण्डपथ’ अब ‘महतपथ’मा विलय भएको टिप्पणी गरेका हुन् ।

‘विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताहरूमा समाजवाद भन्ने शब्द कतै छैन । त्यसैले यो पोलिसी डिपार्चर गर्न सकेकोमा कांग्रेसलाई बधाई छ ! कमसेकम माओवादीले समाजवाद छोडेको कुरा यसमा देखिएको छ,’ सांसद बास्कोटाले भने ।

समाजवाद छोडेको प्रमाण पेस गरेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई समेत दिएका छन् । ‘प्रचण्डपथ महतपथमा विलय भएको मैले पाएको छु । त्यसका लागि हो मैले बधाई भनेको,’ उनले भने ।