२९ आश्विन २०८३, बिहिबार

अर्थमन्त्री प्रकाशशरण महतका कारण संसद बैठक स्थगित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री प्रकाशशरण मतहतको अनुपस्थितिका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको बेला सांसदहरूले अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताएपछि बैठक स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्त, सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सुमना श्रेष्ठले प्रि–बजेट छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था रहेकाले उपस्थित हुनैपर्ने अडान लिए ।

राष्ट्रिय सभाको बैठकमा पनि प्रि–बजेट छलफल चलिरहेको र सो बैठकमा अर्थमन्त्री सहभागी रहेको बताइएको छ ।