२९ आश्विन २०८३, बिहिबार

सामाजिक सञ्जालको खपतका लागि नाङ्गिए सांसद अमरेश कुमार (भिडिओ)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । आफूलाई बोल्ने समय उपलब्ध नगराइएको भन्दै प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंह संसद बैठकमै नाङ्गिएका छन् ।

विभिन्न बेथितिहरूमाथि सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गर्न सांसदहरूले विरोध र ध्यानाकर्षणका रचनात्मक शैलीहरू अपनाउन थालेका छन् ।

तर, सांसद अमरेश कुमारले भने संसद बैठक चलिरहेकै बेला आफ्नो शरीरको कपडा खोलेर अर्धनग्न बन्दै अश्लील हर्कत प्रस्तुत गरे । उनको यो हर्कत कुनै बेथितिका विरुद्ध ध्यानाकर्षण थिए । आफूले बोल्न पाउनुपर्ने सामान्य मागको ध्यानाकर्षका लागि उनी अर्धनग्न बनेपछि अहिले सामाजिक सञ्जालहरूमा उनको तीव्र आलोचना सुरू भएको छ ।

जनताको समस्या उठान गर्दा पनि सामाजिक सञ्जाल र मिडियाको ट्रोल बनिन्छ कि बनिदैन भन्ने सोचबाट अघि बढिरहेका सांसद र नेताहरू यस्तै हर्कतहरूमा फस्ने पनि गरेका छन्, आज अमरेश फसे !

हेर्नुहोस् भिडियो–

हुन त उनी संविधानसभामा पनि विवाद र चर्चामा आइरहेने सांसदका रुपमा चिनिएका छन् । तर, आज उनको नाङ्गिने हर्कतले भने उनी नराम्ररी नै नाङ्गिएका छन् ।