२९ आश्विन २०८३, बिहिबार

शरणार्थी प्रकरणलाई अन्तर्राष्ट्रिय समुदायले पनि हेरिरहेको छ, हेक्का होस् : रवि लामिछाने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामिछानेले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने घटनानालाई सिङ्गो देश र अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको बताएका छन् ।

आज सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रि–बजेट छलफलमा भाग लिदै उनले सिङ्गो देश र अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको घटनालाई यो वा त्यो नाममा सामसुम पार्ने वा दोषीलाई उन्मुक्ति दिने काम कसैबाट हुन नहुने बताएका हुन् ।

‘अहिले भएको (उजागर) भ्रष्टाचार काण्डमा, शरणार्थीको काण्डमा ताप्केको बिँड तात्यो, तात्दै–तात्दै गरेको ताप्केचाहिँ सेलाएको छ । यो ताप्के नसेलाओस् । सिँगो देश र अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको छ,’ सांसद लामिछानेले भने, ‘दोषी कोही पनि नउम्कियोस्, मिलिजुली एकले अर्कालाई जोगाउने काम नहोस्, हामी यसलाई अन्यन्त नजिकबाट लियालिरहेका छौँ ।’