
काठमाडौं, २४ वैशाख । नबिल बैंकले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ ।
उच्चतम ब्याजदर र तीन वटा बीमा सुविधासहित यो बचत खाता ल्याएको बैंकले जनाएको छ ।
यो खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमाबापत एक लाख रुपैयाँ, दुर्घटना बीमाबापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमाबापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन् ।
त्यसैगरी यस खातामा नि:शुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ । महिनामा ५ पटकसम्म अरू बैंकको एटीएमबाट पनि नि:शुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ ।
नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ । साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष नि:शुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ ।













प्रतिक्रिया