२९ आश्विन २०८३, बिहिबार

कांग्रेसकी आरजु र मञ्जुलाई पैसा बुझाएको अडियो रेकर्डबारे प्रहरीले थाल्यो अनुसन्धान (अडियो)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसकी नेत्रीद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको अडियो रेकर्ड प्रहरीले हात पारेको छ ।

रेकर्ड प्रहरीले फेला पारेसँगै त्यसबारे अनुसन्धान समेत थालिएको बताइएको छ । उक्त अडिओमा भनिएजस्तो देउवा र खाणलाई पैसा बुझाएको सत्य हो वा होइन भनेर अनुसन्धानपछि यकिन हुने प्रहरीको भनाइ छ ।

सञ्चारमाध्यमहरूमा सार्वजनिक भएको अडियोमा नक्कली शरणार्थी बन्न आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको आवाज सुन्न सकिन्छ । तर, त्यो आवाज सही हो गलत भन्नेबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

यद्यपि, उक्त अडियो उजुरीकर्ताले उजुरीसँगै प्रहरीलाई बुझाएको तथ्य पनि बाहिर आएको छ । जुन अडियो अहिले सार्वजनिक भएको भन्दो धेरै लामो रहेको दाबी गरिएको छ ।

अहिले सार्वजनिक भएको एक मिनेटको अडिओमा पीडितले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई साढे २ करोड र कांग्रेसकै अर्की सांसद मञ्जु खाणलाई ६ करोड रुपैयाँ बुझाएको सुन्न सकिन्छ । आरजु नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी र मञ्जु कांग्रेसकै नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी हुन् ।

त्यसो त पूर्वगृहमन्त्री खाण पनि यो प्रकरणमा मुछिइसकेका छन् । उनी गृहमन्त्री भएको बेला यससम्बन्धमा धेरै काम भएको बताइएको छ ।

दुबै जना नेत्रीले अहिले सामाजिक सञ्जाल र विभिन्न मिडियाहरूमा आइरहेको अडियो झूटो भएको दाबी गर्दै आएका छन् । आरजु राणाले त आज बसेको प्रतिनिधि सभा बैठकमा महिलले आफ्नै बुतामा राजनीतिक गरेको नरुचाएकाहरूले आफूविरुद्ध प्रहार गरिरहेको बताउन भ्याइसकेकी छिन् ।

यस्तै, मञ्जु खाणले कानुनी उपचार खोज्न प्रेस काउन्सिल नेपाललगायत नियामक निकायहरूमा पत्राचार गरेको बताइएको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको अडिओ फेरि सुन्नुहोस्–