
काठमाडौं, २४ वैशाख । महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोग गरेको छ ।
बैंकको नेपालगञ्ज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमी अटो बायोकेमेष्ट्री एनालाइजर मेशिन हस्तान्तरण गरेको छ ।
स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मूल्यमा किडनी, लिभर, सुगर र युरीक एसिडसम्बन्धी प्रयोगशाला चेकजाँचमा सहजता पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको बताएको छ ।

यस्तै, बैंकको डल्लु र ठमेल शाखाले जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तीव्र गतिमा सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुको नियन्त्रण तथा चेक जाँच गर्ने प्रयोजानार्थ बैंकले उक्त सहयोग प्रदान गरेको बताएको छ ।

यसैगरी, बैंकको वीरगञ्ज शाखाले वीरगञ्ज महानगरपालिका वडा नं १४ मा अवस्थित सिद्घार्थ माध्यामिक विद्यालयलाई छ थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ ।
बालविकास ईसीडीदेखि १२ कक्षासम्म अध्यापन गराइने विद्यालयलाई विद्यार्थीमैत्री बनाउन मद्दत पुर्याउने उद्देश्यले बैंकले स्मार्ट टेलिभिजन सहयोग गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया