
काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरू सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने बताएका छन् ।
आज आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दोषीहरू कोही पनि बच्न नसक्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही बच्न नसक्ने र निर्दोष कोही पनि नपर्ने बताउँदै संसदमा भइरहेको बहसले सरकारको मनोबल झन् बढाएको बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कुनै दबाब दिएर केहि नहुने पनि स्पष्ट पारेका छन् ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई भनेको बताए । प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने काम नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको ओलीले बताएका छन् ।













प्रतिक्रिया