२९ आश्विन २०८३, बिहिबार

नक्कली शरणार्थी प्रकरणका अभियुक्तलाई बयान फेर्न नलगाइयोस् : केपी ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बयान फेर्न लगाएर उन्मुक्ति दिने काम नगर्न सरकारलाई सचेत गराएको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कडाइका साथ कारबाही गर्न र बयान फेर्न लगाएर उन्मुक्ति नदिन आफूले सरकारलाई सचेत गराइरहेको बताएका हुन् ।

प्रहरीको छानबिनमा रहेकाहरूको बयान फेर्न लगाएर उन्मुक्ति दिन खोजिएको आशंका गर्दै उनले त्यसो गरिए एमालेलाई सह्य नहुने चेतावनी दिएका छन् । यो प्रकरण उजागर भएसँगै दबाब आउन थालेको प्रधानमन्त्रीको अभिव्यक्तिले कतै दोषी उम्काउन खोजिएको त होइन भन्ने प्रश्न उब्जिएको अध्यक्ष ओलीको भनाइ छ ।

उनले एमाले नेता टोपबहादुर रायमाझी एमालेको स्म्पर्कमा नरहेको दोहोर्‍याएका छन् ।