
काठमाडौं, २४ वैशाख । प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा सदस्यहरुको अब डिजिटल उपस्थिति (ई–हाजिरी) सुरू गरिने भएको छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा ई–हाजिरी सुरू गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्ने छलफल भएको हो ।
संसदमा सांसदहरुको उपस्थिति कमजोर भएपछि सभामुखले ई–हाजिरी प्रक्रिया अघि बढाएका हुन् ।
सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाई रहेको अवस्थामा दल तथा सांसदहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि सभामुख देवराज घिमिरेले सबैको ध्यानाकर्षण गराएका छन् ।
उनले संसद सचिवालयलाई ई–हाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देशन पनि दिएका छन् । यस्तै, प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरू हुने पनि उनले जानकारी दिएका छन् ।













प्रतिक्रिया