
जनकपुरधाम, २४ वैशाख । नेपाल विद्युत् प्राधिकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको विद्युत् लाइन काटेको छ ।
प्राधिकरणले आइतबार दिउँसो पौने २ बजे अस्पतालको विद्युत् कटौती गरेको हो ।
अस्पतालले प्राधिकरणलाई बुझाउन बाँकी महसुल नबुझाएका कारण लाइन काटिएको प्राधिकरणको जनकपुर वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणका अनुसार अस्पतालले १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ ।













प्रतिक्रिया