२९ आश्विन २०८३, बिहिबार

दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन हुँदैन : माधव नेपाल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन् ।

आज आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न साना ठूला सबैलाई कारबाही गर्नुपर्ने भन्दै सरकार पछि हट्न नहुने बताएका हुन् ।

उनले दोषीलाई बचाउन आउने जस्तोसुकै उच्च दबाबसामू कुनै पनि हालतमा सरकार झुक्न नहुने बताएका छन् ।