
काठमाडौं, २३ वैशाख । प्रहरीले छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला पारेको छ ।
प्रहरी प्रधान कार्यालयको समाचार कक्षले दिएको जानकारी अनुसार सर्लाही, चितवन, काठमाडौं र कैलालीमा तीन जना पुरुष र एक जना महिलाको शव फेला परेको हो ।
घटना विवरण अनुसार सर्लाहीको हरिवन नगरपालिका–७ बस्ने २१ वर्षीय रवीन्द्र महतो आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् भने चितवनको भरतपुर महानगरपालिका–२२ राप्तीखोलामा सोही महानगरपालिका–२ क्षेत्रपुर बस्ने २९ वर्षीय निगम महतो शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी सरस्वती स्कुलनजिक जस्ताको टहरामा नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली नदीमा नाम, थर, वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिला शनिबार पनि मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाहरूका सम्बन्धमा सम्बन्धित जिल्लास्थित प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।













प्रतिक्रिया