२९ आश्विन २०८३, बिहिबार

सञ्चारकर्मी खतिवडालाई १५ हजार रुपैयाँ सहयोग गर्ने प्रेस चौतारी बाराको निर्णय

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, २३ वैशाख । प्रेस चौतारी नेपाल बाराले सञ्चारकर्मी रञ्जना खतिवडालाई १५ हजार पाँच सय रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

चौतारी बाराको शनिबार बसेको बैठकले ढाडको नसामा पलाएको ट्युमरको शल्यक्रिया गरी स्वास्थ्यलाभ गरिरहेकी सञ्चारकर्मी खतिवडालाई उपचार खर्चस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी नेपाल बाराले स्थापना गरेको राहत कोषबाट उक्त रकम हस्तान्तरण गर्ने गरिएको चौतारी बाराका अध्यक्ष दीवाकर भण्डारीले जानकारी दिएका छन् । घरमा स्वास्थ्यलाभ गरिरहेकी खतिवडालाई उक्त सहयोग रकम हस्तान्तरण गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।

चौतारी बाराको जिल्ला कमिटी सदस्य खतिवडाले एक महिनाअघि काठमाडौंमा ट्युमरको शल्यक्रिया गरेकी थिइन् । शल्यक्रियापछि खतिवडाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

चौतारी बाराका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सचिव कमलकुमार उपाध्याय, प्रेस चौतारी नेपालका जिल्ला इञ्चार्ज गोकुल घोरसाइने, मधेस प्रदेश उपाध्यक्ष अनिल तिवारी, केन्द्रीय पार्षद पुष्पराज खतिवडा, जिल्ला कमिटी उपाध्यक्ष निलिशा बर्मा, सचिव जिउतप्रसाद यादव, कोषाध्यक्ष थानेश्वर सापकोटा, नेपाल पत्रकार महासंघ बाराका सचीव अनिल गौरव, सहसचिव दुश्यन्त चौधरी, कोषाध्यक्ष श्याम गुप्ता, जिल्ला कार्यसमिति सदस्य तुलसा घिमिरेलगायतको उपस्थिति थियो ।