३० आश्विन २०८३, शुक्रबार

सत्ता गठबन्धनमा हेरफेर ल्याउन कार्यकर्ताबाट पार्टीलाई सुझाव आएको छ : शंकर पोखरेल

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको बताएका छन् ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको समीक्षा बैठकको समापनमा उनले अभियानका क्रममा कतिपय कार्यकर्ताबाट सत्ता गठबन्धनमा हेरफेर ल्याउन सुझाव आए पनि पार्टीको ध्यान त्यतातिर भई पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनतिर भएको स्पष्ट गरे ।

‘कुनै पनि पार्टीको बहुमत नपुग्ने वर्तमान ‘हङ’ संसद्बाट जनतालाई साँचो अर्थमा सेवा दिन सकिँदैन,’ पोखरेलले भने, ‘वर्तमान सत्ता गठबन्धन आफ्नै कारणले असफल भएमा संसदीय भूमिकाअनुसार अर्काे सरकार दिनुपर्ने अवस्थामा बाहेक एमालेको प्राथमिकता सत्ता होइन, मुलुकको समृद्धि र विकास हो ।’

नेकपा कालमा ध्वस्त भएको पार्टीको साङ्गठनिक र वैचारिक लय र विरासतलाई एक हदसम्म मिसन ग्रासरुट अभियानले फर्काउन सफल भएको उनको भनाइ छ ।