३० आश्विन २०८३, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पनि मुछिए

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौँ–लाख उठाएर कराडौँको कारोबार गर्नेमा नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि मुछिएका छन् ।

उनले आफू गृहमन्त्री हुँदा सचिव टेकनारायण पाण्डेमार्फत यो काम अगाडि बढाएको पाइएको छ । विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरुले बादल गृहमन्त्री भएका बेला काम नहुँदै सरकार ढलेपछि बालकृष्ण खाण गृहमन्त्री भएको र खाणले सचिव टेकनारायण पाण्डेमार्फत काम अघि बढाएको बयानका आधारमा उनी पनि यो प्रकरणमा मुछिएका हुन् ।

त्यसो त सानु भण्डारी नामका अभियुक्तले यो प्रकरणमा बयान दिने क्रममा खाण र उनकी पत्नी मञ्जुको नाम लिन थालेपछि गत चैत १३ गते सरकारले उनको बयान नै रोक्न लगाएको थियो । त्यो बयानलाई थाती राख्दै अहिले सरकारले बयानभन्दा फरक ढङ्गले कानुनी प्रक्रिया अगाडि बढाएका कारण खाणसम्म यो कनेक्शनको लिंकअप हुन्छ कि हुँदैन त्यो हेर्न अझै बाँकी छ ।

अभियुक्तले बालकृष्ण खाणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बताएका थिए । बयानको अडियो रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेको थियो । त्यसपछि एक साता बयान होल्ड गरेर पुन: बयान लिइएको हो ।