
काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।
सत्ता गठबन्धनमा भएको भागबन्डमा कांग्रेसले पाएको आठ मन्त्रालयमा साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् ।
यसअघि कांग्रेसले चार जनालाई मन्त्री बनाएको थियो । कांग्रेस भित्र आन्तरिक भागबन्ड नमिल्दा चारजनाको नाम मात्र पठाएको थियो । अहिले पनि भागबन्डा नमिल्दा थप एकजनाको मात्र नाम पठाउन सकेको बुझिएको छ ।
कांग्रेसबाट मन्त्री बन्न लागेका साउदको शपथ आजै दिउँसो ३ बजेका लागि तय भएको बताइएको छ ।
गत पुस १० गते प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर पनि उनले हालसम्म मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिन सकेका छैनन् ।















प्रतिक्रिया