३० आश्विन २०८३, शुक्रबार

मिटरब्याजी पीडितले काठमाडौंमा बृहत् मार्च पास गर्दै (भिडिओ)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा वृहत् मार्च पास गर्ने भएका छन् ।

आफ्ना माग पूरा गर्नका लागि दबाब दिन भन्दै आगामी वैशाख ४ गते काठमाडौंमा वृहत् मार्चपास गर्ने उनीहरुले जनाएका छन् ।

यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो । वार्ता भंग भएपछि उनीहरु काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिदै आएका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ । मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन् ।

चक्रवृति तथा मिटर व्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।