
काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी–व्यवसायीको समस्या समाधानमा आफ्नो अर्जुनदृष्टि हरने बताएका छन् ।
वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएसँगै आजै पद तथा गोपनीयताको सपथ लिएका श्रेष्ठले उद्योगी व्यवसायीको समस्यालाई समाधान गर्न आफूले ध्यान केन्द्रित गर्ने बताएका हुन् ।
उनले व्याजदर र तरलताको समस्या समाधान गर्नुपर्ने, लगानीयोग्य पूँजी भित्र्याउनुपर्ने, उद्योगी व्यवसायीहरको पूर्वाधारको व्यवस्थालगायत नीति नियमहरुलाई आवश्यकता अनुसार परिमार्जन र परिवर्तन गर्नका लागि अघि बढ्ने धारणा व्यक्त गरेका छन् ।
बिहीबार दोस्रो चरणको निर्वाचनमा उपाध्यक्षका अर्का उमेदवार उमेशलाल श्रेष्ठले अन्जनलाई समर्थन गरेपछि उनी महासंघको वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा चयन भएसँगै महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न भएको छ ।
यससँगै महासंघका नयाँ अध्यक्ष चन्द्र ढकाललाई पद तथा गोपनीयताको सपथ गराइएको छ । प्रज्ञा भवन कमलादीमा महासंघका अध्यक्ष शेखर गोल्छाले ढकाललाई सपथ गराएका हुन् ।
महासंघको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।















प्रतिक्रिया