३० आश्विन २०८३, शुक्रबार

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, पुन: विश्वासको मत लिनुपर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, २७ चैत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आइतबार सरकारबाट बाहिरिएसँगै आज समर्थन पनि फिर्ता लिएको कर्णाली एमालेले जनाएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पर्छाइले संयुक्तरूपमा राजीनामा बुझाएका थिए ।

आज एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारबाट आफ्नो दलले समर्थन फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराएका हुन् ।

गत पुस २७ गते एमालेले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा दलका नेता शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको थियो । एमालेको समर्थनमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए ।

सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले पुन: विश्वासको मत लिनुपर्ने भएको छ ।